Home » Featured

सुजाता कोइरालाको कोइरलातन्त्र

15 January 2010 526 views 2 Comments

sujataउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएर आफ्नो विरोध गर्ने कार्यसमितिका पदाधिकारीहरूलाई कारबाही गर्ने चेतावनी दिइन् । नेपाली कांग्रेसले भने उपप्रधानमन्त्री नियुक्ति प्रकरणमा प्रस्ट हुन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई नै बैठकमा उपस्थित गराउन पदाधिकारीहरूलाई जिम्मेवारी दिएको छ। आफूलाई पार्टीको संस्थागत पद्धति उल्लंघन गरेर उपप्रधानमन्त्री बनाइएको टिप्पणी आएपछि केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री कोइरालाले पदाधिकारीहरूलाई नै कारबाही गर्ने धम्कीसमेत दिइन्/ करिब पाँच घण्टा चलेको बैठकमा शुरूमा कसैले पनि उपप्रधानमन्त्री नियुक्ति प्रकरणसम्बन्धमा प्रश्न उठाएका थिएनन् तर करिब अन्त्य अन्त्यमा नरहरि आचार्यले प्रसंग उठाएपछि पदाधिकारी र केन्द्रीय सदस्यहरूले पनि चर्को विरोध शुरू गरेका थिए/ उपप्रधानमन्त्री नियुक्तिको विषयमा पार्टी पदाधिकारीहरूका फरकफरक टिप्पणी आएका छन्, उपप्रधानमन्त्री नियुक्ति प्रकरणमा पार्टीको धारणा के हो भन्ने प्रस्ट हुनुपर्छ -आचार्यले भने। नेता आचार्यपछि गोविन्दराज जोशी, अर्जुननरसिंह केसी, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बलबहादुर केसी, चिरञ्जीवी वाग्ले, डा. रामशरण महतलगायतले पद्धतिलाई उल्लंघन गर्दै सुजातालाई उपप्रधानमन्त्री बनाइएको भन्दै आपत्ति गरेका थिये । उपप्रधानमन्त्री कोइरालाले पार्टी उपसभापति पौडेल र केन्द्रीय सदस्य महतलाई भने झमट्टीयेकि थिन । पार्टी बिगार्ने तपाईं हो, कोइरालाले उपसभापति पौडललाई बीचमै रोकेर आपत्ति गरेकी थिन - पार्टीका कार्यवाहक सभापति सुशील कोइरालाले अर्जुननरसिंह केसीलाई सहमहामन्त्री र प्रवक्ता बनाउँदा कसैले विरोध गर्नु नपर्ने मलाई उपप्रधानमन्त्री बनाउँदा किन विरोध ? उपप्रधानमन्त्री कोइरालाले सबै पदाधिकारीहरूलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले नै नेता बनाइदिएकाले फुर्ती नगर्नसमेत चेतावनी दिइन् । केन्द्रीय सदस्य डा.महत बोलिरहँदा कोइरालाले हस्तक्षेप गरेपछि दुईबीचमा निकैबेर तनाव भयो/ यो केन्द्रीय समितिको बैठक हो, तपाईं पँधेर्नीजस्तो कुरा नगर्नोस् -डा. महतले आक्रोशित हुँदै भनेका थिए । आफ्नाविरुद्ध बोल्ने नेताहरूलाई बीचमै रोक्ने र झम्टिहाल्ने कार्य उपप्रधानमन्त्री कोइरालाले गरे पनि बैठकको अध्यक्षता गरिरहेका कावा सभापति सुशील कोइरालाले रोक्न सकेनन ।

1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading ... Loading ...

2 Comments »

  • kailash said:

    good sujata thankyou yasti gardi janu.

  • kumar said:

    yasti huncha sujata g nakarai kana basnus.

Leave your response!

Add your comment below, or trackback from your own site. You can also subscribe to these comments via RSS.

Be nice. Keep it clean. Stay on topic. No spam.

You can use these tags:
<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

This is a Gravatar-enabled weblog. To get your own globally-recognized-avatar, please register at Gravatar.